Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप, दुई जनाको मृत्यु

सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप, दुई जनाको मृत्यु


  • 785
    Shares

    सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप, दुई जनाको मृत्यु

    लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    गए राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

    जिपका चालक दोलखा मेलुङ-४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए।

    जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो।

    घाइतेहरूलाई बेसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उनको भनाइ छ। त्यस्तै सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का  २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २२ २०८२ शनिवार - ०९:०२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij