Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

ठेकेदारसँगको सेटिङमा सवा १ करोड भ्याट छली, कर अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा

ठेकेदारसँगको सेटिङमा सवा १ करोड भ्याट छली, कर अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा


  • 883
    Shares

    ठेकेदारसँगको सेटिङमा सवा १ करोड भ्याट छली, कर अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले राजस्व रकम हिनामिनाको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको ।

    मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन्‌का लागि स्वामिनारायण निर्माण सेवा प्रालि, धरानसँग ९ करोड ५१ लाख ५१ हजार ५१ (भ्याटबाहेक) मा ठेक्का सम्झौता गरेकोमा । कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा अधिकृत र ठेकेदारसँग मिलेमतोमा उक्त रकम अनियमितता गरेको अख्तियारको भनाइ छ ।

    तत्कालीन कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतलाई जनही १ करोड २३ लाख ६९ हजार ६४९ कायम गरी सोही बिगोबराबर जरिवाना र कैद सजायको मागदाबीसहित मुद्दा दायर गरिएको हो ।

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १५:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij