Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

गृहमन्त्रीप्रति सुदनको आक्रोश: ‘तपाईंबाट आशा मरिसकेको छ’, जेनजीको माग पूरा नभए यसपालिको चुनाव हुन दिइने छैन

गृहमन्त्रीप्रति सुदनको आक्रोश: ‘तपाईंबाट आशा मरिसकेको छ’, जेनजीको माग पूरा नभए यसपालिको चुनाव हुन दिइने छैन


  • 631
    Shares

    गृहमन्त्रीप्रति सुदनको आक्रोश: ‘तपाईंबाट आशा मरिसकेको छ’, जेनजीको माग पूरा नभए यसपालिको चुनाव हुन दिइने छैन
    images

    काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश पोखेका छन् । गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ को भनेका छन् ।

    सुधनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’

    दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई प्रकाउ गर्न नसकेको सुधनले जिकिर गरेका छन् ।

    जेनजी आन्दोलनको क्रममा दमन गर्नेहरूलाई कारबाही नगरिएको भन्दै गुरुङले रुष्ट बनेका छन् । ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गृहमन्त्री अर्याललाई उनले भने, ‘शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् ।’

    गुरुङले गृहमन्त्री अर्यालसँग आशा मरिसकेको उल्लेख गरेका छन् ।

    गत भदौ २३ र २४ को आन्दोलनले २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेको पनि बताएका छन् । यदि नेपाली जनता र जेनजीको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन नदिने चेतावनी दिएका छन् ।

    574646590_1786129485372336_3275001304581192229_n.png

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १३:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij