२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij