Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रविलाई नभेटी फर्किइन् निकिता

रविलाई नभेटी फर्किइन् निकिता


  • 498
    Shares

    रविलाई नभेटी फर्किइन् निकिता
    images

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेकी भनिएकी पत्नी निकिता पौडेल उनलाई नभेटी फर्किएकी छन् ।

    जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगले बयानका निम्ति लामिछानेलाई दिउँसो सिंहदरबार झिकाएको थियो । त्यही बेला पुगेकी पत्नी निकिता एकैछिनमा फर्किएकी थिइन् ।

    तर, समाचारमा चर्चा गरिएजस्तो लामिछानेसँग भेट्न नभएर केही कागजातका सक्कल प्रति आयोगलाई बुझाउनुपर्ने कारण आफू त्यहाँ पुगेको उनले बताइन् । सिंहदरबारबाट बाहिरिएपछि  उनले भनिन्, ‘उहाँसँग आयोगका पदाधिकारीहरुले भित्र कुराकानी गरिरहनुभएको थियो, म बाहिरबाटै फर्किएँ, कुराकानी हुन पाएन ।’

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लामिछाने जेलबाट बाहिरिएको घटनालाई गहिरो अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले यसअघि आइतबार नख्खु कारागारमै गएर उनीसँग भेटेको थियो । उक्त भेट सामान्य रहेको आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माले बताएका थिए ।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १५:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij