Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

२६ सय बिन्दुमा उक्लियो नेप्से, काराेबार रकम भने घट्याे

२६ सय बिन्दुमा उक्लियो नेप्से, काराेबार रकम भने घट्याे


  • 344
    Shares

    २६ सय बिन्दुमा उक्लियो नेप्से, काराेबार रकम भने घट्याे
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १२.१७ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको छ । 

    आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३१२ कम्पनीको ९२ करोड १८ लाख ८१० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड माथिको शेयर किनबेच भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने सामान्य घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरकम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    18 g.JPG

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १५:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij