Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान


  • 337
    Shares

    यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
    images

    काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।

    महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ।

    त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - ०८:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij