२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाइएको ताला खुलेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि गेटमा लगाइएको ताला खोलिएको हो।
ताला लगाउने कार्यको नेतृत्व गरेका युवा नेता शिव रिमालले जानकारी दिएका छन्। रिमालका अनुसार कार्यवाहक सभापति खड्काले प्रतिबद्धता जनाएका हुन् ।
१. १५ औँ महाधिवेशनको मिति तोक्नेस् नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने।
२. क्रियाशील सदस्यताको विवरण सार्वजनिकस् विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने।
३. युवाको माग सम्बोधनस् ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकोले बृहत्तर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्न प्रतिबद्धता जनाउने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij