Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसद्का स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा, करिब ६० जनाको पद गुम्ने

संसद्का स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा, करिब ६० जनाको पद गुम्ने


  • 1.2K
    Shares

    संसद्का स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा,  करिब ६० जनाको पद गुम्ने

    काठमाडौं । संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय लागू भएको हो ।

    यस अनुसार तत्काल करिब ६० जनाको पद गुम्ने देखिएको छ । यसमध्ये ५१ जना अधिकृत र ९ जना उपसचिव सरहका स्वकीय सचिव रहेका छन् । 

    सभामुख र राष्ट्रिय सभा अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव र एकजना अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए भने त्यसलाई यथावत् राखिएको छ । प्रतिनिधिसभाका सांसद र राष्ट्रिय सभाका सदस्यले अधिकृत स्तरको सुविधा पाउँदै आएका थिए । यो सुविधा पनि अब हटेको भएको छ ।

    त्यसैगरी, विपक्षी दलको नेता, उपसभामुख र प्रतिनिधिसभाको विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता र सत्ता पक्षको मुख्य सचेतक, विपक्ष दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापति, दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकले पनि उपसचिव स्तरको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए । यो सुविधा भने काटिएको छ  । 

     

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १०:२८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij