Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

ओलीसँग प्रभावित छौँ, पुरानो घर (एमाले)मा फर्किन कुनै आपत्ति छैन: रामकुमारी झाँक्री

ओलीसँग प्रभावित छौँ, पुरानो घर (एमाले)मा फर्किन कुनै आपत्ति छैन: रामकुमारी झाँक्री


  • 365
    Shares

    ओलीसँग प्रभावित छौँ, पुरानो घर (एमाले)मा फर्किन कुनै आपत्ति छैन: रामकुमारी झाँक्री
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै घर अर्थात् नेकपा एमालेमा फर्किने तयारी गरेकी छन् । त्यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग बाक्लो संवाद गरिरहेकी छन् ।

    सोमबार झाँक्रीले आफू एमाले अध्यक्ष ओली र अन्य नेताहरूसँग छलफलमा रहेको कुरा स्वीकार गरेकी हुन् । समाजवादीका पूर्वसांसद एवम् नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले पनि आफू पुरानो घर एमालेमै फर्किने कुरामा अब द्विविधा नरहेको बताएका छन् ।

    श्रेष्ठले आफूहरूसहित केही माथिल्लो तहका नेता एमालेमा फर्किने विषयमा संवाद भइहेको स्वीकारेका छन् । उनले भनेका छन्, ‘हामीलाई पुरानो घर (एमाले)मा फर्किन कुनै आपत्ति छैन । अध्यक्ष ओलीले सम्मानपूर्वक पुरानो घर फर्किनु भनिसक्नुभएको छ ।’

    शुक्रबार नेकपा एकीकृत समाजवादीले माओवादी लगायतका आठ दलहरूसँग एकता गर्ने निर्णय गरेसँगै झाँक्री र श्रेष्ठ लगायत नेताहरू बाहिरिइसकेका छन् । उनीहरूले शनिबार अलग्गै भेला पनि गरिसकेका छन् ।

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - ०६:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij