Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

टीओबीका तेन्जिनले नागरिकताका बुबालाई नै नचिनेपछि...

टीओबीका तेन्जिनले नागरिकताका बुबालाई नै नचिनेपछि...


  • 603
    Shares

    टीओबीका तेन्जिनले नागरिकताका बुबालाई नै नचिनेपछि...
    images

    काठमाडौं । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकता नक्कली रहेको थप पुष्टि भएको छ। उनको नागरिकतामा शंका उत्पन्न भएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो। 

    उनले आफ्नो नागरिकतामा उल्लेख गरेका बाबुलाई प्रहरी परिसर काठमाडौँले आइतबार कार्यालयमा झिकाएको थियो। तर तेन्जिनले नागरिकतामा उल्लेख गरेका बाबुलाई नै नचिनेको अनुसन्धानमा संलग्न अधिकारीले बताए। नागरिकतामा हजुरबुवाको नाम तेन्जिङ लामा र बुबा कृष्णबहादुर लामा उल्लेख छ।

    ‘विवरणमा बाबु भनिएका व्यक्तिलाई हामीले आइतबार कार्यालयमा बोलाएर भेट गराएका थियौँ। तर तेन्जिनले पनि ती व्यक्तिलाई चिनेनन्। र बाबु भनिएका व्यक्तिले पनि तेन्जिनलाई चिनेनन्’, संलग्न अधिकारीले भने, ‘यसबाट पनि उनको नागरिकता नक्कली हो भन्ने थप पुष्टि हुन्छ।’

    काठमाडौँ महानगरपालिका ६ ठेगाना उल्लेख भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीलाई बुझाएका छन्। जुन विवरणमा जन्मदर्ता विसं २०६३ चैत १० गते गरेको देखिएको छ। उनले नागरिकता २०७९ साल असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएका छन्। 

    यी विवरण भिडाउने क्रममा प्रहरीले वडा कार्यालयलाई पनि पत्र पठाएको थियो। वडा कार्यालयले पनि ती विवरण उपलब्ध नभएको जवाफ प्रहरीलाई पठाएको थियो। 

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - ०६:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij