Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

सीके राउतको रिटमा सुनुवाइका लागि तोकियो पेसी

सीके राउतको रिटमा सुनुवाइका लागि तोकियो पेसी


  • 645
    Shares

    सीके राउतको रिटमा सुनुवाइका लागि तोकियो पेसी
    images

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दल विभाजन रोक्न माग गर्दै दिएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    यसअघि राउतको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न आदेश गरेको हो । छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको थियो । 

    दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले आज यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा निर्णय गर्नेछ । 

    राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए । राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । 

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १३:४२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij