Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

प्रचण्डले फेरि छोडे माओवाद, समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

प्रचण्डले फेरि छोडे माओवाद, समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित


  • 519
    Shares

    प्रचण्डले फेरि छोडे माओवाद, समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीसहितका दलहरुसँग एकता सहमति गर्दा नेकपा माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्त माओवाद छोडेको छ ।

    आइतबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी सहित ८ दलबिच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भयो ।

    कात्तिक १९ गते एकता घोषणा गर्ने तयारीमा रहेको नयाँ दलको नाम जुरिसकेको छैन । चुनाव चिह्न भने सुवासराज काफ्लेको नाममा निर्वाचन आयोगमा दर्ता भएको जनसमाजवादी पार्टीको पाँचकुने तारा रहने सहमति भएको छ । पार्टीको नाम सम्बन्धमा छलफलकै क्रममा रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    ‘पार्टीको नाम के राख्ने भन्ने सम्बन्धमा विभिन्न नाम छलफलमा छन् । नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी लगायत नाममा छलफल भइरहेको छ । कम्युनिस्ट शब्द नहट्नेगरी सजिलो नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न जान्छौँ’, उनले भने ।

    २०४३ सालमा सेक्टर काण्ड असफल भएपछि तत्कालीन नेकपा मसालको नेतृत्वमा आएका प्रचण्डले २०४८ सालमा पहिलो पटक पार्टीको नाम परिवर्तन गरी नेकपा एकता केन्द्र बनाएका थिए । २०५१ सालमा दीर्घकालीन जनयुद्धमा जाने विषयमा पार्टी विभाजन हुँदा उनले दोस्रो पटक पुनर्गठन गरी नेकपा माओवादी बनाए । प्रचण्डकै नेतृत्वमा २०५२ फागुन १ गते १० वर्ष लामो सशस्त्र विद्रोह भयो ।

    २०६२ मङ्सिर ७ गते त्यतिबेलाका संसदवादी सात दलबिच १२ बुँदे सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा प्रचण्ड आए । त्यही १२ बुँदे सहमतिको जगमा भएको २०६२/०६३ को जनआन्दोलनले परम्परागत राजतन्त्र ढलेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ १२० र समानुपातिकमा १०० सिट जितेर सबैभन्दा ठुलो दल बनेको थियो । २०६५ पुसमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता हुँदा तेस्रो पटक पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखिएको थियो ।

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - ११:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij