काठमाडौं । हेड्स नेपालद्वारा जेन्जी आन्दोलनको दौरानमा तीन गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई राहत-सहयोग प्रदान गरिएको छ। कार्तिक १५ गते हरिबोधिनी एकादशिका दिन जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई नागार्जुन-१ स्थित उनकै आवासमा गएर आर्थिक राहत सहयोग स्वरूप नगद २० हजार प्रदान रुपैँया गरेको हो।
कालिकोट जिल्ला, शुभकालिका-६, छाउडी निवासी २२ बर्षीय शाही गएको भदौ २३ गते जेनजी आन्दोलनका क्रममा नयाँबानेश्वरमा छातीमा तीन गोली लागेर गम्भीर घाईते भएका थिए । सिभिल अस्पतालको आईसियूमा राखेर २३ दिनसम्म उनको सघन उपचार भएको थियो ।
तीनवटा वटा गोलीमध्ये अझै एक गोली निकाल्न बाँकि रहेको उनले जानकारी दिएका छन् । पूर्ण रूपमा स्वास्थ्य हुन अझै ८\९ महिना बढी लाग्ने उनको भनाइ छ । उनको घरपरिवार आर्थिक रुपमा त्यति सक्षम छैनन् तथापि बुवा र विशेषत दिदी-भिनाजुले येनकेन धान्दै आएका छन् ।
दिलोज्यानले मानव समुदायको सेवा गरौं भन्ने उदात्त लक्ष्य लिएर हेड्स नेपाल विशेषत स्वास्थ्य, शिक्षा र कृषि लगायत प्राकृतिक प्रकोपका घटनाहरूमा विगत ३२ बर्षदेखि निरन्तर तनमनले यथासक्य सेवा पुर्याउँदै आई रहेको छ ।