२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचनले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी) बिच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ। आइतबार प्रसाईं निवास मध्यपुरथिमिमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो।
नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीको प्रतिवादका लागि मुलुकव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा दुवै पक्ष पुगेका छन्। राष्ट्र, धर्म र नागरिकको रक्षा, साथै सुशासन तथा स्वतन्त्रताको पुनर्स्थापनाको लक्ष्यसहित यो सहकार्य भएको छ।
सहमति अनुसार आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij