Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको विभत्स हत्या, आमा गम्भीर घाइते

धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको विभत्स हत्या, आमा गम्भीर घाइते


  • 708
    Shares

    धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको विभत्स हत्या, आमा गम्भीर घाइते

    काठमाडौं ।  गुल्मीको मालिका गाउँपालिकामा छोराले धारिलो हतियार प्रहार गरी बुवाको हत्या गरेका छन् । मालिका–३, म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार (कात्तिक १५) ५२ वर्षीय बुवा धनबहादुरको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारूले जानकारी दिए ।

    भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार, घटनास्थलमै धनबहादुरको मृत्यु भएको थियो ।

    दिलमायाको टाउकोमा गम्भीर चोट लागेको छ । गुल्मी अस्पतालमा उनको प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - ११:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij