२०८२ कार्तिक १५ गते शनिवार
धादिङ । चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ । गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय १९ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो ।
बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९ रोबाङमा रहेको रोबाङ आधारभुत विद्यालयका १ सय १४ जना, वडा नम्बर ८ दुङबाङमा रहेको जलदेबी आधारभुत विद्यालयमा १९ जना र वडा नम्बर ७ चाँपटारमा रहको आदर्श आधारभुत विद्यालय ६३ जनालाई कलम कापी लगायतको स्टेशनरी वितरण गरिएको सहयोगिदातासंग समन्वय गरिरहेका शिक्षक तिलक चेपाङले जानकारी दिए ।
अष्ट्रियाको भियाना निवासी इरिक, कृष्टिने र अष्ट्रियामा रिटायर्ड नर्स आङछुटिन शेर्पाले सहयोग उपलब्ध गराएको हो । उनिहरुले च्यारिटि फर नेपालको नामबाट सहयोग उपलब्ध गराएको थियो । यसैगरि शंखादेबि माविमा अध्यायनरत १८ जना चेपाङ बालबालिकालाई दाताहरुले पूर्ण छात्रवृत्ति उपलब्ध गराएका छन् । खाना, आवास, कपडा, स्टेसनरी र नगद उपलब्ध गराएर अध्यायन गराइएको सोही विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले जानकारी दिए ।
इरिक, कृष्टिने र आङछुटिन शेर्पाले विद्यालय टाढा भएर अध्यायन गर्न नसकेकाहरुलाई सहयोग गरेर पढ्ने व्यवस्थाका लागि सहयोग गरिएको हो । बेनिघाटरोराङको रोबाङ, बोस्राङ, दुङबाङ, माङराङ, र चितवनको इच्छाकामना गाउँपालिकाका समेत ६ जना छात्र र १२ जना छात्रालाई पूर्ण छात्रवृत्ति दिइएको प्रधानाध्यापक चेपाङको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij