Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

कार्तिकमा विवाह गर्नु हुन्छ की हुँदैन ?

कार्तिकमा विवाह गर्नु हुन्छ की हुँदैन ?


  • 316
    Shares

    कार्तिकमा विवाह गर्नु हुन्छ की हुँदैन ?
    images

    काठमाडौं । हाम्रो समाजमा विवाहको विशेष महत्व छ । यसको फरक विधि पनि छ । हरिवोधनी एकादशीको दिनमा तुलसी र दामोदरलाई सँगै राखेर विवाह जसरी गर्छौं त्यसरी नै लगन गाँठो बनाएर माला लगाइदिएर विवाह गर्ने चलन छ । विवाहमा नारायणको हवन गर्नुपर्छ । मंसिर कृष्ण मार्ग कृष्ण पञ्चमीसम्म यो हवन हुन्छ । र पञ्चमीसम्म विवाह हुँदैन । पञ्चमीसम्म नारायणलाई हवन गरेर विदा गर्ने चलन छ । त्यसपछि मात्र सर्वसाधारणले ववाह गर्ने परम्परा छ । त्योभन्दा अगाडि गर्नु हुँदैन भन्ने विश्वास छ ।

    विशेषगरी कार्तिकमा विवाह गर्नु हुँदैन भनेको नबुझेर भनेको हो । विशेषगरी नारायण नै निदाउनु भएको वा कर्मसाक्षी नारायण निदाइरहनु भएको बेलामा कसरी कर्म गर्ने भनेर प्रश्न गर्ने गरिन्छ । त्यसकारणले नगर्ने भनेको हो । यसलाई अपभ्रंश हुँदाहुँदै अहिले आएर कात्तिकमा विवाह गर्नु हुँदैन भनिएको हो । तर बुझ्नुपर्ने कुरा के हो भने चतुर्मासभरि नारायण निदाएको बेलामा पून्य कार्य नहुने भनिएको हो । कर्मको साक्षी नै छैनन् भने कसरी शुभ कार्य गर्ने, मांगलिक कार्य कसरी गर्ने भनेर भनिएको हो । कार्तिक महिना भनेर भनेको होइन ।

    विशेष कार्तिक शुक्ल एकादशीमा नारायणको तुलसी दामोदर विवाह सम्पन्न हुन्छ । त्यसपछि मार्ग कृष्ण पञ्चमीको दिनसम्म हवन हुने र हवनमा नयाँ अन्न, नवअन्नहरू जुन छन् नि, नवअन्नहरू चढाएर नुवागी खाने चलन पनि छ । त्यो नगरेसम्म हाम्रो खेतीपाती भित्र्याउन काम पनि सम्पन्न हुँदैन भनिन्छ । अनि त्यस्तो बेलामा विवाह गर्न थाल्यो भने त राम्रो हुँदैन कि भन्ने हो । किनकी हामी कृषिमा निर्भर भयौँ नि त । त्यस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागि पनि कार्तिकमा विवाह गर्नु हुँदैन भनेर सहज तरिकाले बुझाएको हो । यसलाई अन्यथा अर्थमा लिनुहुन्न । ज्योतिष डा. देवेन्द्र प्र पाठक

    प्रकाशित मिति :कार्तिक १५ २०८२ शनिवार - ०८:१६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij