Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

फोहोरको अवरोध खोल्न सहरी विकास मन्त्रालयमा छलफल

फोहोरको अवरोध खोल्न सहरी विकास मन्त्रालयमा छलफल


  • 925
    Shares

    फोहोरको अवरोध खोल्न सहरी विकास मन्त्रालयमा छलफल
    images

    काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले दुई दिनदेखि फोहोर बोकेर गएको गाडी रोकेपछि सहरी विकास मन्त्रालयले स्थानीयलाई आज वार्तामा बोलाएको छ ।

    २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले काठमाडौं महानगरसहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकिएका हुन् । काठमाडौं महानगरपालिकाले घरबाट फोहोर ननिकाल्न सूचना नै जारी गरिसकेको छ । 

    स्थानीयहरूको विरोधपछि मन्त्रालयले छलफलमा बोलाएको ल्याण्डफिल साइट रहेको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १६:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij