Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

तीन बैठकबाट पनि निस्किएन निकास, दुई दिनका लागि सारियो कांग्रेस केन्द्रीय समिति

तीन बैठकबाट पनि निस्किएन निकास, दुई दिनका लागि सारियो कांग्रेस केन्द्रीय समिति


  • 1.9K
    Shares

    तीन बैठकबाट पनि निस्किएन निकास, दुई दिनका लागि सारियो कांग्रेस केन्द्रीय समिति

    काठमाडौं । शुक्रबार बिहानैदेखि भएका प्रयासले सार्थकता नपाएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि सारिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि सारिएको हो । 

    कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि बैठक सारिएको नेताहरूले बताएका छन् । पार्टीभित्र डा। शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा. कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । 

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन् । महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् । 

    capture_CV7FgkQzBZ.png

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १६:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij