Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाली कांग्रेसको केन्द्रीय समितिमा आफूहरूको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेलाको आह्वान

नेपाली कांग्रेसको केन्द्रीय समितिमा आफूहरूको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेलाको आह्वान


  • 2.3K
    Shares

    नेपाली कांग्रेसको केन्द्रीय समितिमा आफूहरूको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेलाको आह्वान

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेला आह्वान भएको छ । विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गरेकाहरूले आइतबार विशेष भेला बोलाएका हुन् ।

    आइतबार साढे १२ बजे नयाँ वानेश्वरस्थित आनन्द इभेन्ट्समा हस्ताक्षर गरेकाहरूको भेला बोलाइएको हस्ताक्षर अभियानका अगुवा मनोजमणि आचार्यले जानकारी दिएका छन् । 

    कांग्रेस युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । 

    एजेन्डाको रूपमा आफूहरूको विशेष महाधिवेशन माग सहितको हस्ताक्षर केन्द्रीय समितिमा प्रवेश नगरेपछि दबाबका लागि अभियानले भेला बोलाएको छ । 

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १५:०२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij