Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

यी तीन कागजातसहित ४ सर्त पूरा गरे सहजै भिजिट भिसामा विदेश जान पाइने

यी तीन कागजातसहित ४ सर्त पूरा गरे सहजै भिजिट भिसामा विदेश जान पाइने


  • 1.2K
    Shares

    यी तीन कागजातसहित ४ सर्त पूरा गरे सहजै भिजिट भिसामा विदेश जान पाइने
    images

    काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ।  अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड आजैदेखि लागू भएको जनाएको छ ।

    विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित ४ सर्त पूरा गर्नुपर्नेछ । 

    त्यसका लागि कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत बेहोरा प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा हुनुपर्ने विभागले जनाएको छ ।

    यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ ।  यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ रहेको छ । 

    11.jpg

    22.jpg

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १४:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij