२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । धरान-धनकुटा सडक भासिएको छ । अविरल वर्षाको कारण जिल्ला धनकुटा साँगुरीगढी गापा वडा न ६ चारखोले गोलाइ स्थित कोशी लोकमार्गमा सडक भासिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको छ ।
सडकको एक लेन पूर्ण रूपमा अवरुद्ध भए पनि, अहिले साना सवारी साधन मात्रै आवतजावत भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij