२०८२ मंसिर १७ गते बुधवार
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १८ वर्षीय विशाल सिंह कार्की, १९ वर्षीय दीपक बोहरा र १९ वर्षीय हेमन्त बोहरा रहेका छन् । उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij