Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

५० वर्षीया महिलाको हत्या, आफ्नै छोरा पक्राउ

५० वर्षीया महिलाको हत्या, आफ्नै छोरा पक्राउ


  • 827
    Shares

    ५० वर्षीया महिलाको हत्या, आफ्नै छोरा पक्राउ
    images

    काठमाडौं । सुर्खेतमा एक महिलाको हत्या भएको छ । हत्या अभियोगमा उनकै छोरा पक्राउ परेका छन् ।

    भेरीगंगा नगरपालिका–१२ मसिनाटोल बस्ने ५० वर्षीया धनिकला बस्नेतको हत्या अभियोगमा उनका ३० वर्षीया छोरा कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको र कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनका छोरा कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो । हत्याको कारण खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १२:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij