२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बस्ने बैठकमा विशेषगरी २ विषयमा छलफल गर्ने नेताहरूले बताएका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकका मुख्यगरी दुईवटामात्र एजेण्डा रहेको बताए । उनका अनुसार आगामी मंसिर २७,२८ र २९ गते पोखरामा हुनेगरी तोकिएको ११ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक र विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय बैठकले गर्नेछ ।
एमाले नेताहरूका महाधिवेशनका लागि सदस्यताको निर्क्योल, महाधिवेशन प्रतिनिधि चयनको विधि र मापदण्ड निर्धारण गर्नुका साथै विभिन्न समिति उपसमितिहरूको गठन सचिवालय बैठकले गर्नेछ ।
२०७८ साल मंसिरमा चितवनको सौराहामा एमालेले १० औँ राष्ट्रिय महाधिवेशन गरेको थियो । प्रत्येक पाँच वर्षमा गर्नुपर्ने महाधिवेशन एमालेले यस पटक झन्डै एक वर्ष पहिला नै गर्न लागेको हो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij