Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिपूर्वक सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिपूर्वक सम्पन्न


  • 421
    Shares

    उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिपूर्वक सम्पन्न
    images

    काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न भएको छ । सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो ।

    चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । छठको पहिलो दिन नहाय खाय र दोस्रो दिन खरना गरेका व्रतालुहरुले सोमवार अस्ताउँदो सूर्यदेवलाई अर्घ्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउँदो सूर्यदेवलाई अघ्र्य दिएका हुन् ।

    छठ हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि ऋषि पत्नी अनुसुयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरुप उहाँले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको धार्मिक विश्वास छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दु सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - ०९:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij