Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

राष्ट्रसंघले हटायो गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट

राष्ट्रसंघले हटायो गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट


  • 8.4K
    Shares

    राष्ट्रसंघले हटायो गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट
    images

    काठमाडौं । संयुक्त राष्ट्रसंघको एक आयोगले गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट हटाएको छ । यसको औषधीय गुणलाई पहिचान गरेर उसले सूचीबाट हटाएको हो । 

    लागूऔषध सम्बन्धी संयुक्त राष्ट्रसंघ आयोगले बुधवार विश्व स्वास्थ्य संगठनको सिफारिशलाई स्वीकृति दिँदै गाँजा र यसको धूलोलाई चौथो शेड्युलबाट हटाएको छ । शेड्युलमा गाँजालाई हेरोइन र अन्य लागूऔषधसँगै राखिएको थियो । 

    ‘औषधीय उद्देश्यका लागि गाँजा उपयोग गर्ने लाखौै मानिसहरू यस खबरलाई स्वागत गर्छन् र यसले गाँजाबाट बन्ने औषधीय उत्पादनको बढ्दो बजारलाई प्रतिबिम्बित गर्छ,’ औषधि नीति पैरवी समूहहरूले एक विज्ञप्ति निकालेर बताए । एजेन्सी

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १३:२७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij