Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, संकटको संकेत !

दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, संकटको संकेत !


  • 8.7K
    Shares

    दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, संकटको संकेत !
    images

    दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमेश्वरको मूर्तिमा पसिना आएको छ । मन्दिरको ड्युटीमा रहेका सुरक्षाकर्मीले मुर्तिमा पसिना आएको देखिएको जानकारी गराएका छन् ।

    यस सम्बन्धमा गुठी र पुजारीले त्यहाँका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० वासुदेव घिमिरेलाई पनि जानकारी गराएको बताईएको छ। गत वर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।

    शनिबार मध्याह्न १२ः१५ देखि पटक पटक १ः३० बजेसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सो समयमा प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी तथा गुठियारहरूले पूजापाठ गरेका छन् । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रही आएको छ।

    पसिना आएको उक्त समयमा मन्दिरका पुजारी तथा पूजापाठ गरेका छन्। साथै मन्दिरको मुख्य शिलामा पसिना आएसँगै वैशाख २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले जानकारी दिए ।

    ०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ । किम्वदन्ती अनुसार पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी श्री गौरी शंकरको प्रार्थना गरेका थिए ।

    भीमेश्वरलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ । जानकारी अनुसार विसं १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि भिमसेनको मुर्तिमा पसिना आएको थियो ।

    यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरबारमा अकल्पनिय घट्ना भयो भन्ने जानकारहरु बताउँछन् ।

    स्थानीयहरुका अनुसार भीमसेनको मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले–पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पूजा पठाउने चलन रहेको थियो ।

    यस्तो छ जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति :

    Dolakha-Bhimeshwor-Pasina-609x768.jpg

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १४:०१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij