Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम विवादमा

सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम विवादमा


  • 12.5K
    Shares

    सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम विवादमा

    बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण गर्ने कार्यक्रम विवादमा पर्न थालेको छ । गुणस्तर मापन गर्दै दिइने ब्राण्डका लागि आर्थिक चलखेल भएको र गुणस्तर सुनिश्चितता गरिएका संस्थामै कैफियत देखिन थालेपछि कार्यक्रमकै विश्वसनियतामा प्रश्न उठ्न थालेको हो । नेपालमा एसियाली ऋण महासंघ (अक्कु) तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीको गुणस्तर सूनिश्चितता गर्ने ब्रान्डिङ कार्यक्रम एक्सेस वि. सं. २०६५ देखि सञ्चालन गर्दै आएका छन् । हाल यस कार्यक्रममा ६ दर्जन संस्थाआवद्ध छन् । 
    नेफ्स्कूनले नै सहकारी विभागसँगको सहकार्यमा प्रोवेशन र आफैंले मात्र कब्र्स सञ्चालन गरिरहेको छ । दुवै कार्यक्रममा गरी ५ सय हाराहारीमा संस्था आवद्ध रहेका छन् । यसैगरी गत वर्षवाट राष्ट्रिय सहकारी बैंकले समेत एससीबीएल केयर नाममा ब्राण्डिङ कार्यक्रम सुरु गरेको छ । गुणस्तर सुनिश्चितता गर्नका लागि संचालन गरिएका कार्यक्रममा सहभागितामा सहकारीको आकर्षण बढ्दै गएपनि ब्राण्ड लिनका लागि भएका चलखेलका कारण विश्वसनियतामा भने प्रश्न उठ्न थालेको छ ।  यो खबर कारोबार दैनिकमा छ । 

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - ०८:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij