२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको प्रदर्शनस्थलमा रहेका पत्रकार रोशन दानीले बताएका छन्।
उनले भने, ‘अहिले प्रदर्शनकारीहरूले घरमा तोडफोड गरिरहेका छन् ।’ काठमाडौंको नयाँ बानेश्वर र इटहरीमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि लेखकले सोमबार राजीनामा दिएका थिए ।
नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij