Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

युट्युब, टिकटक र फेसबुक भिडियोबाट साढे तीन अर्ब नेपाल भित्रियो

युट्युब, टिकटक र फेसबुक भिडियोबाट साढे तीन अर्ब नेपाल भित्रियो


  • 316
    Shares

    • images
    युट्युब, टिकटक र फेसबुक भिडियोबाट साढे तीन अर्ब नेपाल भित्रियो
    images

    काठमाडौं । नेपालीले युट्युब, टिकटक र फेसबुकबाट साढे तीन अर्ब कमाइ गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालीहरूले सामाजिक सञ्जालमा भिडियो कन्टेन्ट बनाएर पोस्ट गरी तीन अर्ब ५३ करोड तीन लाख रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    पछिल्ला दिनमा कन्टेन्ट क्रियटरहरू बढेका छन् । उनीहरूले सामाजिक सञ्जालमा भिडियो बनाएर नै लाखौँ रुपैयाँ आर्जन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले पनि यस्तो कमाइको तथ्यांक राख्न थालेको छ । 

    त्यसैगरी विदेशीलाई अडियो तथा भिडियोको काम दिएर देशबाट ७८ करोड ९० लाख रुपैयाँबाहिर पठाइएको छ । नेपालीले विदेशी भिडियो तथा अडियो सेवा लिएबापत यो रकम अन्य देशमा पठाउने गरेको राष्ट्र बैंकले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १७:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij