Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मेनपावरमार्फत युएई पुगेर सडकमा अलपत्र परेका सात नेपाली श्रमिकको उद्धार

मेनपावरमार्फत युएई पुगेर सडकमा अलपत्र परेका सात नेपाली श्रमिकको उद्धार


  • 1.4K
    Shares

    मेनपावरमार्फत युएई पुगेर सडकमा अलपत्र परेका सात नेपाली श्रमिकको उद्धार
    images

    काठमाडौँ। रोजगारीका लागि युएई पुगेका सात नेपाली श्रमिकलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूएईको पहलमा उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ। मेनपावरमार्फत युएई पुगेका उनीहरू सम्झौताअनुसार काम र सुविधा नपाएपछि सडकमा अलपत्र परेका थिए।

    एनआरएनए यूएईका अध्यक्ष विकास शाही र उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीको समन्वयमा उद्धार प्रक्रिया अघि बढाइएको सङ्घका प्रवक्ता रुद्र थापाले जानकारी दिए।

    उनका अनुसार संस्थाले चार जनाको हवाई टिकट उपलब्ध गराएको हो भने बाँकी तीन जनाको टिकट समाजसेवी सबिन तामाङको सहयोगमा जुटाइएको हो।

    शनिबार बिहान एनआरएनए आईसीसी उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, उपाध्यक्ष भीम मल्ल ठकुरी र समाजसेवी सबिन तामाङको उपस्थितिमा पीडित श्रमिकलाई विमानस्थलसम्म पुर्‍याई सुरक्षित रूपमा नेपाल पठाइएको हो।

    उद्धार गरिएका श्रमिकहरूमा कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन बिके, हेमबहादुर सुनार र राज बिके रहेका छन्।

    रोजगारदाता कम्पनीबाट काम, तलब, साथै बस्ने र खाने व्यवस्था पनि नहुँदा उनीहरूलाई समस्या परेको थियो।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - ०६:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij