Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसइई ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण

एसइई ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण


  • 3.0K
    Shares

    एसइई ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण

    ताप्लेजुङ । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षाका लागि पाँच वटा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार आउँदो साउन २९ गतेदेखि सञ्चालन हुने एसइई ग्रेडवृद्धिका लागि पाँच वटा केन्द्र निर्धारण गरिएको हो ।

    शिक्षा विकास तथा समन्यव एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार फुङ्लिङ नगरपालिकास्थित भानुजन माध्यमिक विद्यालय र बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा परीक्षा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस्तै मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, सिरिजङ्घा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालय सिनाममा परीक्षा केन्द्र निर्धारण गरिएको एकाइ प्रमुख भट्टराईले जानकारी दिए ।

    त्यस्तै आठराई त्रिवेणी गाउँपालिकास्थित सरस्वती नमूना माध्यमिक विद्यालय हाङ्पाङमा पनि एसइई ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको एकाइ प्रमुख भट्टराईले जानकारी दिए । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ग्रेडवृद्धि परीक्षामा साधारण नियमिततर्फ ७६९ र प्राविधिक धारतर्फ ३१ गरी कुल आठ सय जना परीक्षार्थीले सहभागिता जनाउने छन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १८:०७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij