२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अनुसार डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या ६८ लाख नाघेको छ ।
बोर्डको अनुसार आर्थिक वर्ष २०८१\०८२ को असार २० सम्म ६८ लाख ६५ हजारले डिम्याट खाता खोलेका हुन् ।
पछिल्लो १ वर्षको बिचमा मात्रै यो संख्या झण्डै ६ लाखले बढेको बोर्डले जानकारी दिएको छ भने गत आर्थिक वर्ष २०८०\०८१ को अन्त्यमा यो संख्या ६२ लाख ७२ हजार ३५१ थियो ।
डिम्याट खाता खोल्नेको लहर निकै बढ्दो रहेको छ । आर्थिक वर्ष २०७९\०८० को अन्त्यमा यो संख्या जम्मा ५८ लाख २३ हजार मात्र रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij