Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सोचेजस्तो काम भएन, विकल्पमा अर्को सरकार बन्ने अवस्था पनि छैन : कृष्ण सिटौला

सोचेजस्तो काम भएन, विकल्पमा अर्को सरकार बन्ने अवस्था पनि छैन : कृष्ण सिटौला


  • 1.4K
    Shares

    सोचेजस्तो काम भएन, विकल्पमा अर्को सरकार बन्ने अवस्था पनि छैन : कृष्ण सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले कांग्रेस गठबन्धन सरकारले सोचेजस्तो काम गर्न नसके पनि सरकारले निरन्तरता पाउने बताएका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘सरकारले सोचेजस्तो काम गरेको छैन, तर यो सरकारले निरन्तरता पाउँछ ।’

    बाध्यात्मक परिस्थितिमा निर्माण भएको तथा संसदमा कसैको बहुमत नभएको अवस्थामा बनेको जनताले र दलहरूले सोचेजस्तो काम नगरेपनि कन्टिन्यु जाने सिटौलाको भनाई छ । उनले यसको विकल्पमा अर्को सरकार बन्ने स्थिति नदेखिएको बताए । 

    उनले भने, ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरुले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन ।

    तर यो सरकार कन्टिन्यु जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन । अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’

     

    प्रकाशित मिति :श्रावण ११ २०८२ आइतवार - ११:३८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij