Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

वीरगञ्जबाट दुई हजार बढी थान विद्युतीय सवारीसाधन आयात, एक अर्ब ८० करोड राजस्व संकलन

वीरगञ्जबाट दुई हजार बढी थान विद्युतीय सवारीसाधन आयात, एक अर्ब ८० करोड राजस्व संकलन


  • 1.6K
    Shares

    वीरगञ्जबाट दुई हजार बढी थान विद्युतीय सवारीसाधन आयात,  एक अर्ब ८० करोड राजस्व संकलन
    images

    काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएको छ। 

    भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको छ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएको बताएका छन्। गत आर्थिक वर्षमा १२ करोड ६ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट १९ करोड ७४ लाख राजस्व सङ्कलन भएको लामिछानेले जानकारी दिएका छन्।

    ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४ लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् भने १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। 

    उक्त नाका हुँदै४३ करोड २ लाख मूल्य पर्ने एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन्। लामिछानेका अनुसार १२ करोड ६ लाख मूल्य पर्ने २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन्। 

     

     

     

     

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १६:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij