Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व सङ्कलन

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व सङ्कलन


  • 1.3K
    Shares

    भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व सङ्कलन
    images

    काठमाडौं । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१\८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व सङ्कलन गरेको छ । विसं २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो । 

    आव २०८१\८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताए । 

    आव २०८०\८१ को तुलनामा आव २०८१\८२ को राजस्व असुलीसमेत घटेको छ । आव २०८०\८१ मा भद्रपुर भन्सार कार्यालयले रु २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थियो । आव २०८०\८१ को तुलनामा आव २०८१\८२ को राजस्व असुलीमा रु तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ । 

    झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो । भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन्।

    विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो । लक्ष्यको तुलनामा आव २०७८\७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९\८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । विसंं २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सारको रुपमा उद्घाटन गरेका थिए ।

    भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पार्टस्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन ।

     

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - ११:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij