Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा चालक सहित १३ जना घाइते

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा चालक सहित १३ जना घाइते


  • 1.4K
    Shares

    • images
    सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा चालक सहित १३ जना घाइते

    काठमाडौं ।  ‎नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो दुर्घटना भएको छ । उक्त दुर्घटनामा चालक सहित १३ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिका-२, बढाई ज्युला भन्ने स्थानमा भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।

    ‎‎जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीका अनुसार दिउँसो करिब १ः ०० बजे दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार कार्य सुरु गरिएको थियो । ‎

    खत्री अनुसार नजिकैको प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर वलीको कमान्डमा ४ जनाको टोली तत्कालै घटनास्थलमा पुगेको थियो । 

    ‎‎साथै, इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा ६ जनाको थप टोली पनि उद्धारका लागि पठाइएको छ।

    ‎‎दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ  भने घाइतेहरूको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। ‎

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १४:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij