Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाख बढी राजस्व संकलन


  • 1.1K
    Shares

    ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाख बढी राजस्व संकलन
    images

    काठमाडौं । उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१/८२ मा सवारी कारबाहीबाट रु १० करोड १७ लाख ५१ हजार राजस्व संकलन गरेको छ । 

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने एक लाख हजार नौ हजार ४०२ सवारीमाथि कारबाही गरी रु १० करोड १७ लाख ५१ हजार १०६ राजस्व संकलन गरेको छ । 

    पूर्व-पश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ठूला तथा साना सवारीसाधनमाथि कारबाही गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताए। 

    प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण लामो समयसम्म सवारीसाधन सञ्चालनमा आएको कमी, ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेकाले ट्राफिक नियम परिपालनामा प्रगति भएको बताउँदै उनले कारबाहीमा भएको अनलाइन प्रणालीको विकासलगायत कारणले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा राजस्व संकलन बढ्नुका साथै सवारी दुर्घटनामा कमी आएको जानकारी दिए।

    आव २०८०/८१ मा सो कार्यालयले दुई लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार ५०० राजस्व संकलन गरेको थियो । आव २०८१/८२ मा बागमती प्रदेशको उपत्यकाका तीनबाहेक १० जिल्लामा भएका दुई हजार ४२२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको छ भने चार हजार ७५१ जना घाइते भएका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए । 

    क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति अझै देखिएकाले राजमार्ग तथा अन्य सहायक मार्गहरूमा समेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १५:२३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij