२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफू विरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरुप्रति खनिएका छन् ।
बुधवार एक ट्वीट गर्दै जानेर र नजानेर वा उक्साहटमा आफूविरुद्ध लाग्नेहरु विरुद्ध खनिँदै उनीहरुको विरुद्धमा नलाग्ने बरु आफू आफ्नो लक्ष्यमा निरन्तर लाग्ने बताएका छन् ।
उनले भने, “जानेररनजानेररउक्साहटमा मेरा विरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु-मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ। ती भुक्ने कुकुरहरूको भलो होस् !”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij