Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १६ अर्ब ३२ करोड माथि

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १६ अर्ब ३२ करोड माथि


  • 1.1K
    Shares

    • images
    शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १६ अर्ब ३२ करोड माथि

    काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । 

    आज शेयर बजार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२ को विन्दुमा बन्द भएको छ भने आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

    ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स इन्डेक्स बढेको छ । उक्त इन्डेक्स १.९३ प्रतिशतले वृद्धि भएको छ ।

    नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको २.८२, अन्य समुहको २.१९ प्रतिशतले उकालो लागेको छ।

    5 share.JPG

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १४:३४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij