Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

सेयर बजारमा गत वर्षः ऐतिहासिक रेकर्ड, २१ खर्ब बढीको कारोबार

सेयर बजारमा गत वर्षः ऐतिहासिक रेकर्ड, २१ खर्ब बढीको कारोबार


  • 1.2K
    Shares

    • images
    सेयर बजारमा गत वर्षः ऐतिहासिक रेकर्ड, २१ खर्ब बढीको कारोबार

    काठमाडौं । गत आर्थिक वर्ष २०८१\८२ मा सेयर बजारमा कारोबार भने ऐतिहासिक रेकर्ड कायम भएको छ 

    नेपाल स्टक एक्स्चेन्जका अनुसार गत आर्थिक वर्ष कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार रकम अघिल्लो आर्थिक वर्ष २०८०\८१ को तुलनामा १८९ प्रतिशत बढी रहेको छ । यसअघिको आर्थिक वर्ष २०७७\७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार रेकर्ड बनेको थियो ।

    यस्तै २०८१ को असार मसान्त्सम्म ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको पूँजीकरण २०८२ असार मसान्तसम्म आउँदा ३१ प्रतिशत बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।

    गत आर्थिक वर्षसम्म बजारमा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्वीजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेको नेप्सेले जानकारी दिएको छ। गत आर्थिक वर्षमा ३ करोड ६५ लाख कित्ता नयाँ कम्पनीका सेयर थपिएका छन् ।

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १४:३१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij