Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा उछाल, साढे १६ अर्ब माथिकाे काराेबार

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा उछाल, साढे १६ अर्ब माथिकाे काराेबार


  • 2.0K
    Shares

    • images
    नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा उछाल, साढे १६ अर्ब माथिकाे काराेबार

    काठमाडौं ।  साताको अन्तिम कारोबारको दिन बिहिबार तथा नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजार नेप्सेमा उछाल आएको छ ।

    आज शेयर बजार भारी अंकको वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।

    आज दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोडमाथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    सबै सुचकमा हरियालि छाएको छ । यसदिन अन्य समुह सर्वाधिक ५.३७ प्रतिशतले बढेको छ भने लगानी समुह ३.३३, जीवन बीमा ३.१९, जलविद्युत ३.१५ र उत्पादन तथा प्रशोधन समुह २.९३ प्रतिशतले बढेको छे ।

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १४:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij