Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

स्टक डिलरले आईपीओ जारी गर्न पाउने, ब्रोकरको पुँजी पुर्‍याउने समय चैतसम्म

स्टक डिलरले आईपीओ जारी गर्न पाउने, ब्रोकरको पुँजी पुर्‍याउने समय चैतसम्म


  • 1.8K
    Shares

    • images
    स्टक डिलरले आईपीओ जारी गर्न पाउने, ब्रोकरको पुँजी पुर्‍याउने समय चैतसम्म

    काठमाडौं । अब पनि स्टक डिलरले आईपीओ निष्कासन ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) छैटौँ संशोधन नियमावली, २०८२ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । 

    हाल बजारमा दुई वटा स्टक डिलर कम्पनी रहेका छन् । नागरिक लगानी कोषको नागरिक स्टक डिलर र नबिल इन्भेष्टमेन्टको नबिल स्टक डिलर अहिले सञ्चालनमा रहेका छन् । 

    दोस्रो बजारको अस्वाभाविक उतारचढाव रोक्ने उद्देश्यले स्थापना भएका यस्ता कम्पनीहरु आफैँले आईपीओ निष्कासन गर्न पाउने व्यवस्था गरिएको छ । 

    संशोधित नियमावलीमा शेयर ब्रोकर कम्पनीले पुँजी पुर्‍याउने ९ महिना थप गरेको छ । असार मसान्तसम्म पुँजी पुर्‍याउनुपर्ने व्यवस्था रहेकोमा यसलाई थप गरी चैत मसान्तसम्म पुर्‍याइएको संशोधनमा उल्लेख गरीएको छ ।

     

     

     

     

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १३:१७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij