Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सीपयुक्त कामदार जापानमा पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण

सीपयुक्त कामदार जापानमा पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण


  • 1.2K
    Shares

    सीपयुक्त कामदार जापानमा पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण

    काठमाडौं । जापानमा निश्चित सीपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण भएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१९ मा भएको दुई देशबिचको समझदारी थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको हो । 

    सन् २०१९ मार्च २० मा भएको उक्त समझदारीको अवधि मार्च १९, २०२४ मै सकिइसकेको थियो । तर, सरकारले हाल आएको उक्त समझदारी मार्च १९,२०२४ देखि नै लागू हुने गरी ५ वर्षका लागि थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधबार जानकारी दिए । 

    ‘नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ’, उनले भने । 

    समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० सालमै ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ लागू गरेको थियो ।

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १४:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij