Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५४ अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि

५४ अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि


  • 6.3K
    Shares

    ५४ अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि
    images

    काठमाडौं( कारोबारको पहिलो दिन (आइतवार) नेपाल स्टक एक्सेन्च (नेप्से)  परिसूचक ५४ अंकले बढेर २६६५.११ विन्दुमा पुगेको छ । 

    आज २६११.८२ विन्दुबाट सुरु भएको कारोबार अन्तिम समयसम्म आउँदा २.०७ प्रतिशतले बढेर २६६५.११ विन्दुसम्म पुगेको छ । 

    यसदिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक बढ्दा अन्य समूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ ।

    आइतवार तीन ओटा कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । विशाल बजार कम्पनी र महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी हाइड्रो इनर्जीको ९.९२ प्रतिशत शेयरमूल्य बढेको हो । 

    आज ७ अर्ब ३६ करोड ८ लाख रुपैंया बराबरको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर कारोबार भएको छ । यो दिन २२६ ओटा कम्पनीको ८३ हजार ४०४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

    कुल कारोबारमा एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । एनसीसी बैंकको ४२ करोड २ लाख ४३ हजार रुपैंया बराबरको ११ लाख ४५ हजार ७५३ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता  १५ रुपैंयाले बढेर अन्तिम मूल्य ३६७ रुपैंया पुगेको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १६:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij