२०८३ कार्तिक ३ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
आज शेयर बजार नेप्से परिसूचक ३५.०९ अंकले घटेर २,७२५ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएन कम्पनीको ४० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij