Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शिक्षा

विद्यार्थी प्रतिनिधिको उपस्थितिबिनै त्रिवि सभा बस्दै

विद्यार्थी प्रतिनिधिको उपस्थितिबिनै त्रिवि सभा बस्दै


  • 1.4K
    Shares

    विद्यार्थी प्रतिनिधिको उपस्थितिबिनै त्रिवि सभा बस्दै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) भोलि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सिनेटबाट आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ । 

    विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्राचार गरेर २६ गते सिनेट बस्ने जानकारी गराएका थिए । सोही आधारमा त्रिविले आवश्यक तयारी गरेको छ । तर, सभा सीमित सिनेट सदस्यहरूको उपस्थितमा हुने देखिएको छ । 

    त्रिवि कार्यकारी परिषद्ले नियुक्त गर्नुपर्ने विद्यार्थी प्रतिनिधिहरूलाई अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले विद्यार्थीको प्रतिनिधित्वबिनै सभा बोलाइएको बताए । दुई दिन अगाडि एजेन्डासहित जानकारी गराउनुपर्ने, विद्यार्थीहरू तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरू नियुक्त गरिसक्नुपर्ने विषय अहिलेसम्म नभएको उनको भनाइ छ । 

    कार्यकारी परिषद्ले विद्यार्थी, उद्योग व्यवसायी लगायतको तर्फबाट १० जना सदस्य नियुक्त गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म आफूहरूलाई केही जानकारी नआएको जोशीको भनाइ छ । प्रधानमन्त्रीको कब्जामा त्रिवि परेको भन्दै उनले विद्यार्थीको प्रतिनिधित्व नभई सभा बस्न नहुने बताए । 

    यसअघि असार २२ गतेका लागि त्रिवि सभा बोलाइएको थियो । प्रधानमन्त्रीकै निर्देशनमा अघिल्लो दिन सभा स्थगित भएको थियो ।  सभा स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए । प्रधानमन्त्री ओलीले यो पटक अधिकांश विश्वविद्यालयको सभा बालुवाटारमै बोलाएका हुन् ।

    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १६:१३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij