Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सीईडीबी हाइड्रोपावरको आईपीओमा दुई दिनमै माग भन्दा ५ गुणा बढीको आवेदन

सीईडीबी हाइड्रोपावरको आईपीओमा दुई दिनमै माग भन्दा ५ गुणा बढीको आवेदन


  • 9.2K
    Shares

    सीईडीबी हाइड्रोपावरको आईपीओमा दुई दिनमै माग भन्दा ५ गुणा बढीको आवेदन
    images

    काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निश्कासन गरेको आईपीओमा २ दिनमै माग भन्दा ५.४३ गुणा बढीको आवेदन परेको छ ।

    बिक्री प्रबन्धक सनराइज क्यापिटलको अनुसार आइतबार विहान ११स्१५ बजेसम्म १० लाख ३६ हजार २३ जना आवेदकबाट १ करोड ६१ लाख ९५ हजार ६०६ कित्ताको लागि आवेदन परेको छ । 

    यो माग भन्दा ५.४३ गुणा बढीको आवेदन हो । कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको छ । 

    आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।
     
    उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १२:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij